पहिरोले बस्ती ढलायो, घर पनि गयो,
सपनाहरू सबै बगायो, डर पनि गयो।
चुल्हो निभ्यो पानीमा, आगो कतै छैन,
आशा जलेर धुँवासंगै, स्वर पनि गयो।
पहाड रुँदै भन्छ, त्यो बस्ती कहाँ छ?
यहाँ हावाले बतायो, खबर पनि गयो।
जीवनको डोरीमा, गाँठो परिरहन्छ,
अल्झिएर मनको, सफर पनि गयो।
विपद् संग सँगै संघर्ष, कथा फेरिन्छ,
धेरै लडाँई लडेपछि, मगर पनि गयो।
✍️ रबिन्द्र शाही
हुम्ला
मिति २०८१-०६-१२ गते
अभिरल वर्षा
Receptionist, Cash Handling & Digital Skills Certification
Youtube Course By Dhruv Rathee
The Journey of Parenthood